
Jun 16 2025 | २०८२, असार २ गते
भक्तपुर । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा भक्तपुरबाट मात्रै ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाका अनुसार भक्तपुरबाट अहिलेसम्म १ हजार २ सय ९२ जनाले उजुरी दिएका छन् ।
उनीहरूको उजुरीका आधारमा भक्तपुरमा मात्रै ६६ करोड ३१ लाख ५८ हजार रूपैयाँ ठगी भएको देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij