
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ। गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घरायसी विवादका क्रममा दिलबहादुरले हँसिया प्रहार गर्दा छोरा बाबुरामको नाकमा चोट लागेको हो। प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बाबुले प्रहार गरेको हँसियाले लागेर छोराको नाकमा गहिरो चोट लागेको बताए।
घाइते बाबुरामको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।
दिलबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij