Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
सांसदहरुलाई शुक्रवार दिउँसो नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गर्न समय दिइएको थियो। आज नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत गर्ने र सम्बोधमाथि छलफल हुने कार्यसूचीसमेत छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij