
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । बलिवुड अभिनेत्री ऐश्वर्या राय २१औं पटक कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छन् ।
७६औँ कान्स फिल्म फेस्टिभलमा अभिनेत्री राय बिहीबार सहभागी भएकी हुन् । कान्सको रातो कार्पेटमा ऐश्वर्य राय लामो ट्रेलहरूसहित ठूलो हुडीसहितको चाँदी र कालो गाउन लगाएर उपस्थित भएकी थिइन् ।
उनको लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोफी कउचरद्वारा ऐश्वर्यको यो ड्रेस डिजाइन गरिएको थियो । २१ वर्षदेखि लगातार ऐश्वर्या यस फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छिन् ।
२००२ मा उनले कान्स डेब्यू गरेकी थिइन् । फिल्म देवदासको सफलतापछि ऐश्वर्या पहिलो पटक शाहरुख खान र निर्देशक सञ्जय लीला भन्सालीसँग यस कार्यक्रमको हिस्सा बनकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij