Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सगरमाथा आरोहण गर्ने दोस्रो पाकिस्तानी महिला नैला कैनी

सगरमाथा आरोहण गर्ने दोस्रो पाकिस्तानी महिला नैला कैनी

  • काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दोस्रो महिला पाकिस्तानी पर्वतारोही नैला कैनी बनेकी छन् । यसअघि सन् २०१३ मा समिना बैगले पहिलो पटक यो उपलब्धि हासिल गरेकी थिइन् ।

    images
    images
    images

    नेपालीबाहेक यो सिजन सगरमाथाको सफल आरोहण गर्ने आफू पहिलो पर्वतारोही बनेको कैनीले दाबी गरेकी छन् । आइतबार बिहान कैनी शिखरमा पुगेकी थिइन् ।

    बक्सर तथा बैंकरसमेत रहेकी कैनी ८ हजारभन्दा माथिका ५ वटा हिमाल आरोहण गर्ने एक्लो पाकिस्तानी महिला बनेकी छिन् । उनले यी सबै हिमाल २ वर्षभित्र आरोहण गरेकी हुन् । अब ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमाल आरोहरण गर्ने उनले तयारी गरेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij