
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे रहेका छन् ।
कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक बन भित्रका रुख कटान गरेर आफ्ना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको जिल्ला बन कार्यालयले जनाएको छ । सदाबहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडेपछि उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको डिभिजन वन प्रमुख अनिरुद्ध कुमार साहले जनाए ।
तर, अध्यक्ष घिमिरेले भने सब डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएर रुख कटानी गरेको दाबी गरेका छन् । उक्त रुखहरू शव डिभिजनका रेन्जर युवराज खरेलको अनुमतिमा काटेर उपभोक्तलाई वितरण गरेको उनको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij