Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

‘सडकमा उत्रिएर खाना पस्किएको त्यो दिन’

‘सडकमा उत्रिएर खाना पस्किएको त्यो दिन’

  • गीता सत्याल। विश्वभर फैलिएको कोरोनाको महामारीका कारण देश पुरै लकडाउन भएको आज ३२ दिन पूरा भएको छ । यो महामारीको चपेटामा भएको लकडाउनमा धेरै मानिसहरु भोकभोकै बस्न बाध्य छन् । हामीहरूले थाहा पाएसम्म ललितपुर महानगरपालिकाभित्र समस्यामा परेकाहरुलाई सहयोग गरेका छौं र गरिरहने पनि छौं ।

    म स्वयं पनि लगनखेल युवा समाजले गरेको यस सराहनीय कार्यमा उपस्थित भए खाना खुवाउन पाएँ । संकटको समयमा यस्तो महान कार्यमा सहभागी हुनुहुने, सहयोग गर्नुहुने सबैलाई म हार्दिक नमन गर्न चाहन्छु ।

    महानगरभित्र कोहीपनि भोकै नरहुन् भनेर हामीहरु सुरुदेखि नै चासो राख्दै आएका छौं । यस्तो विषम परिस्थितिमा कोही पनि भोकै नरहुन् भनेर महानगरभित्रका स्थानीय संघसंस्थाहरुले सडकमै रहेर दैनिक जीवनयापन गर्ने व्यक्तिहरुलाई सामुहिक खाना खुवाउने कार्य गरिरहनु भएको छ । यस्तो महान र पवित्र कार्यको हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु ।
    मानवीय सेवा नै हाम्रो जीवनको सर्वाेत्तम कार्य हो ।

    ’बाँच र बचाऊ’ भन्ने भावनाबाट अभिप्रेरित भएर लगनखेल युवा समाजले चैत २३ गतेदेखि नै सडकमा भोकै बस्नुपर्ने अवस्थाका मानिसहरुलाई सामुहिक खाना खुवाउने काम गर्दै आएको छ । उक्त क्लवले गरिरहेको यस्तो अत्यन्तै महत्त्वपूर्ण र मानवीय कल्याणकारी कार्यको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । म स्वयं पनि लगनखेल युवा समाजले गरेको यस सराहनीय कार्यमा उपस्थित भए खाना खुवाउन पाएँ । संकटको समयमा यस्तो महान कार्यमा सहभागी हुनुहुने, सहयोग गर्नुहुने सबैलाई म हार्दिक नमन गर्न चाहन्छु ।

    साथै आआफ्नो टोल, छिमेक र समुदायमा कसैलाई पनि भोकेै रहन नदिनका लागि सबै महानुभावहरुले जिम्मेवारी र सहयोगी भूमिका निर्वाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । यो महामारीको कारण पर्न गएको असुविधा र असहजतालाई हामीहरुले मिलेर समाना गरौं । सबैको स्वास्थ्य जीवनको कामना गर्दछु ।

    सत्याल ललितपुर महानगरपालिकाकी उपप्रमुख हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij