
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । कञ्चनपुर, भिमदत्त नगरपलिका-१८ सालघारीबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९१ मिलिग्राम, नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij