Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

  • काठमाडाैं । नक्कली नेपाली नोटसहित वीरगंज महानगरपालिका-१६ बाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    पक्राउ पर्नेहरूमा  सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् । म

    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij