Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

घरमा ट्रक ठोक्किंदा तनहुँमा ३ जनाको मृत्यु, ५ जना घाइते

घरमा ट्रक ठोक्किंदा तनहुँमा ३ जनाको मृत्यु, ५ जना घाइते

  • काठमाडाैं । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो । 

    images
    images
    images

    दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक  मोहन बहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् । 

    उनका अनुसार अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ।  घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल  र सन्तोष भुजेल रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij