
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ३ का २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका- ७ धुल्खुका २८ वर्षीय हेमा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
हाल पाख्रिन ललितपुरको भैंसेपाटी र बौद्धस्थित नयाँ पाटीमा तामाङ बस्दै आएका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत, प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मोटरसाइकल चोरी भएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरेको हो ।
पाख्रिनलाई प्रदेश ०२-०२८ प ४४४८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा मोक्तानलाई पनि पक्राउ गरिएको उनले जनाएका छन् । दुवैजनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij