अमेरिकाको इलोनोई राज्यमा सोमवार धूले आँधी आउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
इन्टरस्टेट ५५ हाईवेमा धूलोका कारण ७० वटा गाडीहरू जुधेका थिए । ६ जना मारिनुका साथै ३७ जना घाइते भई अस्पतालमा भर्ना भएका छन् । तीमध्ये केहीको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।