Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं, बाहिर ननिस्कन विज्ञको सुझाव

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं, बाहिर ननिस्कन विज्ञको सुझाव

  • काठमाडौं । काठमाडौं विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा पहिलो नम्बरमा पुगेको छ।
    सोमवारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौंमा वायु प्रदूषण बढेको हो ।

    images
    images
    images

    काठमाडौं उपत्यकामा सोमवारदेखि बढेको वायु प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक काममा घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

    विश्वकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमले अनुसार काठमाडौंको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको बताएको हो । उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । वायु प्रदूषणको तह सबैभन्दा धेरै हुने शहरको सूचिमा काठमाडौं पहिलो नम्बरमा पुगेको हो । त्यसमा गत सोमवार एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो भने आज मंगलवार ४०३ मा झरेको छ । यद्यपि विश्वका विभिन्न शहरहरुको सूचीमा नेपाल शीर्ष स्थानमै रहेको छ । नेपालपछि क्रमशः किर्गिस्तानको बिश्केक, भियतनामको हनोइ, चीनको वुहान, पाकिस्तानको कराँची, अफगानिस्तानको कावुल, बंगलादेशको ढाका, भारतको मुम्बइ लगायतका अत्याधिक वायु प्रदूषण भएको देखिन्छ ।

    वातावरण विभागले पनि काठमाडौंमा वायुको गुणस्तर सोमबारदेखि कम भएको जनाएको छ । मंगलवार पनि काठमाडौं उपत्यकासहित देशभरका मुख्य शहरहरुमा मौसम धुम्मिएको र वायुको गुणस्तर कम रहेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य शहरहरुमा वायु प्रदूषण बढेको हो । आइक्यू इयर डटकमका अनुसार कीर्तिपुर, काठमाडौं, पाटन, भरतपुर, तुलसीपुर, भक्तपुर, पोखरा, बीरगंज, नेपालजंग, धनकुटालगायतका शहरहरुमा वायू प्रदूषण अत्याधिक देखिएको छ ।

    वातावरण विभागका प्रवक्ता एवम उपमहानिर्देशक ईन्दुविक्रम जोशीले काठमाडौंको वायू प्रदुषण स्वास्थ्य मापदण्ड भन्दा प्रदूषणको तह माथि पुगेको बताए । आद्रतायुक्त वायुको गति कम हुँदा प्रदूषण बढेको उनको भनाइ छ । पश्चिमी वायुको प्रभाव सक्रिय रुपमा भएर पानी परेमा अहिले भएको प्रदूषण कम हुने मौसमविद तथा वातावरणविदको भनाई छ ।

    चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुंवाका कणहरु सतहको नजिक थिग्रिएकाले प्रदूषण उच्च भएको हो। वातावरण विभागको वायु प्रदूषण निरागनीका अनुसार मंगलवाार पनि काठमाडौंसहितका स्थानमा वायुमा धुलोका कणहरु धेरै छन् र वायु प्रदूषण अर्थात् एक्यूआई ३१५ को हाराहारीमा छ । २४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ । नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ ।

    खासगरी धूलोको कणहरु बोकेको गह्रौ हावा तल र तातो हलुका हावा माथि हुँदा यस्तो अवस्था हुने गर्दछ । यस्तो हुँदा कतिपय अवस्थामा त ठूलो हूरी, आँधीसमेत आउने गर्दछ ।

    प्रदूषण कारण काठमाडौँमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएको र मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

    सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई विशेष ख्याल गर्नु पर्ने उनले उल्लेख गरेका छन् । वायु प्रदूषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्छ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्वका रुपमा यसलाई लिइन्छ ।

    हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ५० भन्दा कम देखिए त्यस क्षेत्रलाई ग्रिनजोन अर्थात् हरियो चिह्न मान्ने गरिएको छ। विश्व स्वास्थ्य संगठनले हावामा प्रदूषणको मात्रा २.५ माइक्रोनभन्दा साना कणहरू प्रतिघनमिटर ४० भन्दा कम देखिए ग्रिनजोन मान्ने गरेको छ तर नेपालले ५० सम्म देखिए त्यस क्षेत्रलाई ग्रिनजोन मान्ने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij