
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८९३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५७८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ५७ हजार ४५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij