
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभार गेटमा आगलागी भएको छ । काठमाडौं महानगरपालिकाको जुद्ध बारुणयन्त्र आगो निभाउन घटनास्थल पुगेको थियो ।
त्यस्तै, आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपाल १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा ३१ जनाको टोली खटिएको जनाइएको छ ।
प्रहरी वृत्त कीर्तिपुरका प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनासहित स्थानीयको सहयोगमा आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij