Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नक्कली नोटसहित ललितपुरबाट दुई जना पक्राउ

नक्कली नोटसहित ललितपुरबाट दुई जना पक्राउ

  • ललितपुर । ललितपुरको गोदावरीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ घर भएका ३६ वर्षीय सुरेश तामाङ उर्फ जीवन र कास्कीको मादी घर भएका २१ वर्षीय भुपाल विक उर्फ सुकुटेलाई प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    गोदावरी नगरपालिका–१३ झरुवारासीस्थित किराना पसलमा सुरेश तामाङले सामान किन्दा नक्कली नोट दिएका थिए । सुरेशको साथबाट प्रहरीले १ हजार दरको नेपाली नोट १ थान, पाँच सय दरको नोट १ थान र एक सय दरको नोट १ थान बरामद गरेको छ ।

    भुपाल विकको साथबाट पाँच दरको नोट १ थान र सय दरको नोट १ थान बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।  भुपालको डेरा खानतलासी गर्दा फोटोकपी र प्रिन्टर मेसिन भेटिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij