काठमाडौँ । लम्कीचुहा नगरपालिका-३ चिसापानी बजारबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीया दिपा बिष्ट साँउद रहेका छन् ।
लागूऔषध खैरो हेरोईन करिब १ सय ५० मिलिग्रामसहित उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।