
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गल्ती स्वीकार्दै माफी माग्नु भएकाे छ । मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी माग्नु भएकाे हाे ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्नु भएकाे हाे ।
गृहमन्त्री श्रेष्ठले आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको भएता पनि ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij