Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण

पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण

  • काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७  सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ ।  पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात  सम्पदा निर्माण प्रक्रियामा  छन् । पच्चीस सम्पदाको काम शुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो । भूकम्पले पाशुपत क्षेत्रका ९० सम्पदामा क्षति पुगेको थियो ।

    images
    images
    images

    गत हप्ता पाशुपत क्षेत्रको चन्द्रविनायक मन्दिर पुनःनिर्माण सम्पन्न भएको थियो । मन्दिर पुनःनिर्माणपछि आज मङ्गलबार पनि चन्द्रविनायकमा भक्तजनको भीड लागेको छ । चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ ।

    पाशुपत क्षेत्रको जयवागेश्वरी पुनःनिर्माणका लागि साँखु र लुुभुबाट माटो ल्याइने भएको छ । माटो ल्याइने निश्चित भए पनि मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठको अभाव छ । मन्दिर तल्लो भागमा नयाँ काठ राख्नुपर्ने भए पनि बजारमा पाउन नसक्दा पुनःनिर्माणमा समस्या आएको हो ।  साढे पाँच वर्षअघिको गोरखा भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म ४६५ अर्थात् ५०।५ प्रतिशत पुनःनिर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाका पुनःनिर्माण जारी रहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij