Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

खाली पेट मनतातो पानी पिउनुका फाइदा

खाली पेट मनतातो पानी पिउनुका फाइदा

  • काठमाडौं । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थ्यको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानि निर्धारण गर्छ।

    onlinepatrika
    Arghakhachi

     प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।

    AGNI GROUP

    बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु शरीरका लागि निकै फाइदाजनक मानिन्छ।

    बिहान पेटमा मनतातो पानी पिउनुका फाइदा यसप्रकार छन्:

    १. बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य ब्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ।

    २. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।

    ३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ। पर्याप्त पानी पिउनाले जोर्नीको दुखाइ पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्छ।

    ४. रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो पानी पिउनु आवश्यक हुन्छ। यसले शरीरमा आराम मिल्छ।

    ५. यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस्। चियाकफीको साटो ग्रीन टी पिउनुहोस्। यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ।

    ६. यदि तपाईंलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांसपेसीलाई तन्दुरुस्त बनाउन मद्दत गर्छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij