
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।
दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । विष्ट कालीकोट प्रदेश-२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij