Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

विलियम्सनको दोहोरो शतक, न्यूजील्यान्ड सुदृढ स्थितिमा

  • क्राइस्टचर्च । केन विलियम्सनले दोहोरो शतक प्रहार गरेपछि पाकिस्तान विरुद्धको दोस्रो टेस्ट क्रिकेटमा न्यूजील्यान्ड सुदृढ स्थितिमा पुगेको छ । विलियम्सनको यो चौथो दोहोरो शतक हो । 

    images
    images
    images

    न्यूजील्यान्ड टिमका कप्तान समेत रहेका विलियम्सन व्यक्तिगत २३८ रन बनाएर आउट भएका थिए । न्यूजील्यान्डका लागि हेनरी निकोल्सले १५७ तथा डेरिल मिचेलले १०२ रन बनाएर महत्वपूर्ण योगदान दिएका थिए । 

    तेस्रो दिन छ विकेटको क्षतिमा ६५९ रन बनाएर न्यूजील्यान्डले पहिलो इनिङ समाप्त भएको घोषणा गरेको छ । यो घोषणासँगै न्यूजील्यान्डले पाकिस्तान विरुद्ध ३६२ रनको विशाल अग्रता बनाएको छ । 

    पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो । 

    तेस्रो दिन नै दोस्रो इनिङ शुरु गरेको पाकिस्तानले एक विकेटको क्षतिमा ८ रन बनाएको छ । पाकिस्तानका शान मसूद कुनै रन नै नबनाई आउट भएका छन् ।

    दुई टेस्टको यस शृंखला अन्तर्गत पहिलो खेलमा न्यूजील्यान्ड विजयी भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij