
Apr 21 2025 | २०८२, वैशाख ८ गते
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् । उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ–उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार मङ्गलवार किम जोङ–उनले आफ्ना सैन्य अधिकारीसँग भने, ‘देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्म पूरा हुनेछ, यसलाई योजना अनुसार छोड्न सकिनेछ ।’ उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताए ।
कोरियाले ठोस इन्धन अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासुस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij