
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौैँ । झापाबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास रहेका छन् ।
अदालतले चेक अनादर मुद्दामा दिनानाथ बंशललाई १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । त्यस्तै झापाको मेचीनगर नगरपालिका–९ घर भएका नरबहादुर कार्कीलाई बालयौन दुरुपयोग मुद्दामा ३ महिना कैद र २५ सय जरिवाना हुने फैसला गरेको छ । पीडितलाई कार्कीले ३० हजार क्षतिपूर्ति भर्नुपर्ने जिल्ला अदालत झापाको ठहर छ ।
जिल्ला अदालत झापाले कर्तव्यज्यान मुद्दामा बुद्ध राई सोरेनलाई १ महिना कैद सजाय हुने फैसला गरेको छ । झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij