
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् ।
गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् । आज बिहान ११ बजे महासंघको अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलगायतले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij