
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । तनहुँको आँबुखैरेनीबाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।
भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । आँबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले पक्राउ परेका गुरुङको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको जानकारी दिए ।
मुग्लिङबाट आबुखैरेनी आउँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा गुरुङको साथमा लागुऔषध भेटिएको थियो । उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij