Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

कुमारी बैंकको ७२ हजार कित्ता सेयर बिक्रिमा

कुमारी बैंकको ७२ हजार कित्ता सेयर बिक्रिमा

  • काठमाडौं। कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

    images
    images
    images

    बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम ११० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम ११० रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

    images

    बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले बैशाख ५ गतेदेखि बैशाख ११ गतेसम्म आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij