
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मिटरब्याज पीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।
मिटरब्याज पीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।
तर, अर्को मिटरब्याज पीडितको समूहले अस्वीकार गर्दै आएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij