Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ट्रकको ठक्करबाट मण्डलको मृत्यु

ट्रकको ठक्करबाट मण्डलको मृत्यु

  • राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिनुभयो ।

    images
    images
    images

    ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij