Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

ग्रीन डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

ग्रीन डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

  • काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    प्रस्तावित लाभांशमा ३.८० प्रतिशतले हुन आउने १ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार रुपैयाँबराबरको नगद लाभांश छन्। 

    AGNI GROUP

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij