Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

सामुदायिक लघुवित्तले घटायो लाभांश

सामुदायिक लघुवित्तले घटायो लाभांश

  • काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा सामुदायिक लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांशमा संशोधन गर्दै घटाएको छ।

    onlinepatrika
    Arghakhachi

    संस्थाको सञ्चालक समितिको चैत २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट यसअघि प्रस्तावित लाभांश घटाउँदै अब चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९८ लाख रुपैयाँबराबरको लाभांशमात्रै वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।

    AGNI GROUP

    यसअघि गत चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको कुल २१।०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र ११।०५२६३ प्रतिशत नगद लाभांश थिए। 

    उक्त प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। तर, राष्ट्र बैंकले गत फागुन १० गते जारी गरिएको निर्देशनको अधिनमा रही लाभांश प्रस्ताव गर्न निर्देशन दिएको थियो। 

    सोही निर्देशनबमोजिम लाभांश संशोधन गर्दै कुल १५ प्रतिशत वितरण गर्ने प्रस्ताव संस्थाले गरेको हो। अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij