Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

  • काठमाडौँ । झापा, मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । 

    images
    images
    images

    अर्जुनधारा नगरपालिका-११ सालवारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय याम बहादुर अधिकारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ४२६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij