
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । विराटनगरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजभित्र बुधबार दुइ यात्रुबीच हानाहान भएको छ । जहाज उडिरहेका बेला दुई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठबीच झगडा भएको हो ।
महानगरीय प्रहरी वृत्त गौशलाले उडिरहेको जहाजभित्र हानाहान गर्ने दुबैलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन विमानस्थल कार्यालयले उनीहरुलाई प्रहरीको जिम्मा लगाएको छ ।
जहाज उडिरहेको बेला दुइ यात्रुबीच भनाभन भएको र मुक्कासमेत हानाहान गरेको भन्दै पाइलटले नागरिक उड्ययन प्राधिकरणमा समेत जानकारी गराएका थिए ।
क्यान स्रोतका अनुसार ती यात्रुहरुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अनुसार कारबाही अगाडि बढाएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij