Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परराष्ट्र सचिव पौड्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्र सचिव पौड्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

  • काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले चिनियाँ विदेशमन्त्री छिन क्याङसँग भेटवार्ता गरेका छन् । द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठकमा सहभागी हुन सचिव पौड्याल बुधबार बेइजिङ पुगेका थिए । 

    images
    images
    images

    बेइजिङस्थित नेपाली दूताबासका अनुसार भेटमा द्विपक्षी सम्बन्धलाई दिर्घकालिन हिसाबले थप मजबुत बनाउने र भ्रमणहरूको आदानप्रदान गर्ने तथा विकास, व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

    उक्त भेटमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर थापालगायत दुवै देशका परराष्ट्र मन्त्रालयका विशिष्ट अधिकारहरू सहभागी रहेका थिए । नेपाल र चीनको द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठक शुक्रबारदेखि सुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij