
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकरणको भेला जुलुस र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेका हुन् ।यसअघि प्रशासनले जेनजीको आन्दोलनका प्रदर्शनकारी संसद भवन भित्र छिरेपछि काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij