
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । गठबन्धनका १० दलको बैठक पुन: २ बजे बस्ने गरी सकिएको छ ।
जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री बाहिर जानुपर्ने भएकोले छिटै बैठक सकिएको उनले जनाएका छन् । उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij