
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । गायक तथा मोडेल दुर्गेश थापाविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता निरञ्जन भट्टले पुष्टि गरेका छन् ।
दुर्गेश थापाले कुटपिट गरेको भन्दै एक पीडित प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको प्रवक्ता भट्टले बताए । प्रहरी वृत्त महाराजगञ्जमा मंगलबार उनीहरू दुबै जनालाई छलफलका लागी बोलाइएको छ ।
म्युजिक भिडियो कलाकार संघले गत शनिबार आयोजना गरेको वनभोजमा थापाको टोलीले टिकटकर रिदम क्षेत्रीको समूहलाई कुटपिट गरेको थियो । थापासहित ३ जनाविरुद्ध महाराजगञ्जमा उजुरी परेको प्रहरीले जनाएको छ । थापाले क्षेत्रीको डेढ तोलाको सिक्रीसमेत लुटेको आरोप लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij