Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोहीअनुसार आज छापावाला सुनको मूल्य एक लाख ९ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य एक लाख ८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

    AGNI GROUP

    यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय साठ्ठी रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी प्रतितोला एक हजार ३ सय सत्तरी रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij