
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । झापामा लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भएका ३४ वर्षीय ताहिर हुसैन रहेका छन् ।
झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij