
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij