
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले दोलखा भीमेश्वर नगरपालिका-१ चरिकोट घर भई हाल काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका-१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
२०७९ पुस २९ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमवार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि श्रेष्ठलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij