Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा तोकिएको छ।

    images
    images
    images

    युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा तोकिएको छ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५३ पैसामा कारोबार भइरहेको छ।

    जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ र विक्रीमा १० रुपैयाँ ०४ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ ३८ पैसा र बिक्रीमा २९ रुपैयाँ ५२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij