Jun 30 2026 | २०८३, असार १६ गते
काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले अध्यक्ष पदमा सुयोग श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक), उपाध्यक्षमा बोधराज देवकोटा (प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक), सचिवमा राम कुमार गिरी (प्रमुख कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक), कोषाध्यक्षमा नरेश सिंह बोहरा (प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक) र सदस्यहरुमा प्रकाश पौडेल (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक), श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक) र डा. इन्द्र कट्टेल (प्रमुख कार्यकारी अधिकृत, एक्सल डेभलपमेण्ट बैंक) नियुक्त भएका हुन् ।
पूर्वअध्यक्ष प्रद्युमन पोखरेलले सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij