Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जोगाई र पौडेल नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा नियुक्त

जोगाई र पौडेल नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा नियुक्त

  • काठमाडौँ । नेपाल इन्स्योरेन्स लिमिटेडको संचालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । चैत १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले जोगाई र पौडेललाई संचालक पदमा चयन गरेको हो ।

    images
    images
    images

    संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा. लि. का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले संचालक पदबाट राजिनामा दिएका थिए । सोही रिक्त पदमा संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलकै तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेल नियुक्त भएका हुन् ।

    बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम दुबै संचालकलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि रिक्त रहेको संचालक पदमा नियुक्त गरेको हो ।

    notice.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij