
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले बुधबार लागु औषध र नक्कली नोटसहित घरबाटै पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद गरेको छ । त्यस्तै, मोबाइल, एम्पुल लागु औषधहरु, विभिन्न ११ देशका नोटहरु पनि बरामद भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij