
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैं । झापामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कडरिया आज बिहान घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस काट्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij