बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन भएको छ । आज बिहान माधुरीकी आमा स्नेह लता दीक्षितको निधन भएको हो ।
माधुरी र उनका पति श्रीराम नेनेले ९१ वर्षको उमेरमा स्नेहको निधन भएको जानकारी दिएका छन् । उनको अन्तिम संस्कार दिउँसो वर्ली श्मशान स्थलमा गरिने बताइएको छ ।