
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर एक जना सांसद घाइते भएका छन् । मतदान गरेर फर्किने क्रममा मधेश प्रदेशका सदस्य गोविन्द प्रसाद न्यौपाने लडेर घाइते भएका छन् । ७१ वर्षीय सांसद न्यौपाने सप्तरी ४ (१)बाट निर्वाचित भएका हुन् ।
लडेर टाउको फुटेपछि उनलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनी रक्तचाप बढेर लड्न पुगेको प्रहरीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij