
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । राष्ट्रपति उम्मेदवार बनेका नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका छन् । मतदान स्थलमा पौडेल मतदान हुनुभन्दा १५ मिनेट अघि नै पुगेका थिए ।
मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग पौडेलले मत मागिरहेका छन् । पौडेलले ८ दल र सांसद तथा प्रदेश सभा सदस्यहरूले आफूलाई सहयोग गर्ने भएकोले निर्वाचित हुनेमा ढुक्क रहेको बताउँदै पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपतिमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङबीच प्रतिस्पर्धा भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij