
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान सुरु भएको छ । सो मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।
मतदान सम्पन्न भएपछि ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरिएको छ । राष्ट्रपति निर्वाचनमा गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij